
पोखरा, १५ मंसिर । गण्डकी प्रदेशमा थप ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमवार प्रदेशका ८ जिल्लामा २७५ नमूना परीक्षण गर्दा ९१ जना नयाँ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
थपिनेमा कास्कीका ४५, गोरखाका १२, म्याग्दीका १०, बागलुङका ८, स्याङ्जाका ७, नवलपरासीपूर्वका ४, मुस्ताङका ३ र तनहुँका २ जना रहेका छन् ।
यससँगै गण्डकीमा कुल कोरोना संक्रमितको संख्या १२ हजार ५८ पुगेको छ । तीमध्ये ७ हजार ७२ जना निको भएका छन् । प्रदेशमा सोमवारसम्म ४ हजार ८ सय २७ जना सक्रिय संक्रमित रहेका छन् ।
यसैगरी गण्डकी प्रदेशमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित गण्डकीमा मृतक संख्या १ सय १५९ को पुगेको छ ।

