
पोखरा, १६ मंसिर । विश्वका विभिन्न देशमा गरी कोरोना सङ्क्रमण निको हुनेको संख्या ४ करोड नाघेको छ । ६ करोड ३१ लाख ८९ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएकोमा ४ करोड ४ लाख ७६ हजार १ सय ३८ जना निको भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
सबैभन्दा धेरै निको हुने राष्ट्रको सूचिमा भारत पहिलो स्थानमा छ भने ब्राजिल दोस्रो स्थानमा छ । भारतमा हालसम्म ८८ लाख ४७ हजार ६०० जना कोरोना संक्रमणबाट निको भएको तथ्याङ्क छन् भने ब्राजिलमा ५५ लाख ८७ हजार ८०२ जना रहेका छन् । त्यस्तै कोरोना निको हुने राष्ट्रको तेस्रो स्थानमा रहेको अमेरिकामा ५१ लाख ४६ हजार ३१९ जना रहेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
हालसम्म विश्वमा कुल १४ लाख ६६ हजार ७ सय ६२ जनाको भने कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।