
पोखरा, १६ मंसिर । पछिल्लो २४ घण्टामा नेपालमा १३ सय सय ४ जना कोरोना संक्रमित थपिएका छन् । जम्मा ८ हजार ५ सय८३ पीसीआर परीक्षण गर्दा १३ सय सय ४ जना कोरोना संक्रमित थपिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ । आज देशभर सक्रिय संक्रमितको १६ हजार ६३३ रहेका छन्।
यसैगरी सोही अवधिमा अवधीमा २ हजार ७३ संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख १६ हजार ५९४ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय २९ पुगेको छ ।

