
सन थापा,
जापान । डिसेम्बर १
जापानमा मंगलबार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या उच्च वृद्धि भएको छ । एकैदिन सबैभन्दा धेरै होक्काईदोमा १४, ओसाकामा छ, टोकियोमा पाँच, साईतामा र ह्योगोमा तीन/तीन, आईची, ईबाराकी र चिबामा दुई/दुई, साँगा, ईवाते, खानागावा र फुकुसिमा प्रान्तमा एकरएक गरी ४१ जनाको मृत्यु भएको हो । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित २ हजार १ सय ९६ जना पुगेको छ । संक्रमितमध्ये २० हजार ९ सय जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ४ सय ९१ जनाको अवस्था गम्भीर रहेको सञ्चार संस्था एनएचकेले जनाएको छ । आज २ हजार ३० जना कोरोना संक्रमित थपिए ।
हालसम्म संक्रमितको संख्या योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित १ लाख ५१ हजार ७ सय ४२ जना पुगेको छ ।
त्यसैगरी यस अवधिमा योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित १ लाख २६ हजार १ सय २९ जना कोरोना संक्रमित निको भएका छन् ।
४७ प्रान्त मध्ये तीन प्रान्तमा मात्र संक्रमण शून्य रह्यो भने सबैभन्दा धेरै टोकियोमा ३ सय ७२, ओसाकामा ३ सय १८, होक्काईदोमा २ सय छ, आईचीमा १ सय ९७, खानागावा १ सय ५८, ह्योगो १ सय २४ र साईतामा १ सय चार जना थपिए ।
२ हजार बढी संक्रमित संख्या भएका प्रान्तहरू
टोकियोमा ४१ हजार ३ सय ११, ओसाकामा २० हजार ५ सय ९१, खानागावामा १२ हजार ७ सय १५,आईचीमा १० हजार ३ सय २२, होक्काईदोमा ९ हजार ७५, साईतामामा ८ हजार ५ सय २८, चिबामा ७ हजार ६७, फुकुओकामा ५ हजार ८ सय ६०, ह्योगोमा ५ हजार ७ सय ४९, ओकिनावामा ४ हजार ३ सय ५३ र क्योतोमा २ हजार ६ सय ९३ जना पुगेको छ ।