पाल्पामा दुईजना कोरोना संक्रमितको मृत्यु

-


     मर्दी न्युज    
     मंसिर १७ गते २०७७ मा प्रकाशित


फाइल तस्विर

बुटवल । लुम्बिनी मेडिकल कलेज पाल्पामा कोरोना संक्रमणको कारण दुई युवाको मृत्यु भएको छ। मृत्यु हुने पाल्पा र स्याङजाका एक–एकजना रहेको र उनीहरुको उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

पाल्पाको बगनासकाली गाउँपालिका–१ का ३८ वर्षीय पुरुष र स्याङजाको गल्याङ नगरपालिका–४ का ३९ वर्षीय पुरुषको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो । पाल्पा घर भएका पुरुष उपचारको लागि १२ मंसिरमा अस्पताल भर्ना भएका थिए।

स्याङजाका पुरुष भने मंसिर १ गते अस्पताल भर्ना भएका थिए भने उनलाई मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

बुधबार २ जनाको ज्यान गएसँगै पाल्पामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।



Tags: