२४ घण्टामा थप १४९० जनामा संक्रमण पुष्टि, १५६७ जना संक्रमणमुक्त

-


     मर्दी न्युज    
     मंसिर १७ गते २०७७ मा प्रकाशित


पोखरा, १७ मंसिर । पछिल्लो २४ घण्टामा थप एक हजार ४ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । बुधवारसम्म आइसोलेसनमा १६ हजार ५ सय ४७ जना उपचाररत रहेको छ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५ सय ६७ जना डिस्चार्ज भएका छन् ।त्यसैगरी हालसम्म २ लाख १८ हजार १ सय ६१ जना डिस्चार्ज भएका छन् ।

कोरोना संक्रमणबाट गत २४ घण्टामा ९ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या १ हजार ५ सय ३८ पुगेको छ ।



Tags: