गण्डकी प्रदेशमा आज १२२ जना कोरोना संक्रमित थपिए, १ को मृत्यु

-


     मर्दी न्युज    
     मंसिर १७ गते २०७७ मा प्रकाशित


पोखरा, १७ मंसिर । गण्डकी प्रदेशमा थप १२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधवार प्रदेशका ८ जिल्लामा ५८७ नमूना परीक्षण गर्दा १२२ जना नयाँ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

थपिनेमा कास्कीका ९३, नवलपरासीपूर्वका ११, तनहुँका ८, स्याङ्जाका ४, बागलुङका ३, गोरखा, पर्वत र म्याग्दीका १÷१ जना रहेका छन् ।

यससँगै गण्डकीमा कुल कोरोना संक्रमितको संख्या १२ हजार १८० पुगेको छ । तीमध्ये ७ हजार २ सय १० जना निको भएका छन् । प्रदेशमा बुधवारसम्म ४ हजार ८ सय १० जना सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी गण्डकी प्रदेशमा आज थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित गण्डकीमा मृतक संख्या १ सय ६० को पुगेको छ ।



Tags: