
पोखरा, १८ मंसिर । पछिल्लो २४ घण्टामा नेपालमा १३ सय सय ४३ जना कोरोना संक्रमित थपिएका छन् । जम्मा ९ हजार २८९ जनाको पीसीआर परीक्षण गर्दा १३ सय सय ४३ जना कोरोना संक्रमित थपिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको छ । आज देशभर सक्रिय संक्रमितको १५ हजार ७६६ रहेका छन्।
यसैगरी सोही अवधिमा अवधीमा २ हजार १११ संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख २० हजार २७२ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ५१ पुगेको छ ।