पोखरामा तीन जना कोरोना संक्रमितको मृत्यु

-


     मर्दी न्युज    
     मंसिर २० गते २०७७ मा प्रकाशित


पोखरा । पोखराका ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार फिस्टेल अस्पतालमा दुई जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो ।

मृतकमा पोखरा महानगरपालिका १२ का ८० वर्षीय पुरुषको शनिबार मध्याह्न १२ः१५ बजे र सोही महानगरपालिका–११ की ७२ वर्षीया महिलाको शुक्रबार राति ८ः४५ बजे मृत्यु भएको डा. शर्माले बताए । ८० वर्षीय पुरुषमा मंसिर १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने ७२ वर्षीय महिलामा मंसिर १८ गते संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखरा महानगरपालिका–१७ का ५७ वर्षीय पुरुषको शनिबार बिहान ४ बजे मृत्यु भएको हो । उनीमा कात्तिक २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने उनी मधुमेहका बिरामी समेत थिए ।

योसहित गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ६६ पुगेको छ ।



Tags: