६०७४ जनाको पीसीआर परीक्षणमा १०२४ जनामा संक्रमण पुष्टि

-


     मर्दी न्युज    
     मंसिर २० गते २०७७ मा प्रकाशित


पोखरा । नेपालमा आज थप एक हजार २४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६ हजार ७४ जनाको पीसीआर परीक्षणमा एक हजार २४ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा २ हजार २०६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख २४ हजार ५३ जना छन् । नेपालमा निको हुने दर ९३ दशमलव ४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

शनिवार कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । यससँगै संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या एक हजार ५ सय ७७ पुगेको छ ।



Tags: