८९४७ परीक्षणमा १३८२ जनामा संक्रमण परीक्षण

-


     मर्दी न्युज    
     मंसिर २३ गते २०७७ मा प्रकाशित


पोखरा । नेपालमा आज थप एक हजार ३८२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८ हजार ९४७ जनाको पीसीआर परीक्षणमा एक हजार ३८२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ ।

गत २४ घण्टामा एक हजार ६२१ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख २९ हजार ५४ जना छन् ।

मंगलवार कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । यससँगै संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या एक हजार ६ सय ३७ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १२६८६ रहेको छ ।



Tags: