पोखरामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु

-


     मर्दी न्युज    
     मंसिर २४ गते २०७७ मा प्रकाशित


पोखरा । पोखरामा एक कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा महानगरपालिका–१४ का ७४ वर्षीय पुरुषको मंसिर २३ गते बिहान ७:२५ बजे मृत्यु भएको हो । उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो । । उनीमा मंसिर १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै पोखरा महानगरपालिका–१५ का ६७ वर्षीय पुरूषको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान ४:२० बजे मृत्यु भएको हो । उनीमा मंसिर २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी पोखरा महानगरपालिका–१६ का ५९ वर्षीया महिलाको फिस्टेल अस्पतालमा उपचारको क्रममा आज बिहान ५:२० बजे निधन भएको छ । उनीमा मंसिर १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यससगै प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्य १७६ पुगेको छ ।



Tags: