६२८६ परीक्षणमा १०५६ जनामा संक्रमण परीक्षण

-


     मर्दी न्युज    
     मंसिर २४ गते २०७७ मा प्रकाशित


पोखरा । नेपालमा आज थप एक हजार ५६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६ हजार २८६ जनाको पीसीआर परीक्षणमा एक हजार ५६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ ।

गत २४ घण्टामा एक हजार ४८३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ३० हजार ५३७ जना छन् ।

बुधवार कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । यससँगै संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या एक हजार ६ सय ५१ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १२२४५ रहेको छ ।



Tags: