कास्कीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०१ पुग्यो

-


     मर्दी न्युज    
     मंसिर २६ गते २०७७ मा प्रकाशित


पोखरा, २६ मंसिर । कास्कीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय १ पुगेको छ । शुक्रबार पोखरा महानगरपालिका १० का ७५ वर्षे वृद्धको मृत्यु भएसँगै मृतक संख्या १ सय १ पुगेको हो । 

बिहीबार कोरोना पोजेटिभ देखिएका ती वृद्धको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । 

योसहित प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ८१ पुगेको छ । प्रदेशमा कास्कीबाहेक नवलपुरका २०, तनहुँका १९, स्याङ्जाका १३, गोरखाका ९, बागलुङका ८, लमजुङका ५, म्याग्दी र पर्वतका ३/३ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

त्यस्तै शुक्रबार प्रदेशमा ५६ संक्रमित थपिएका छन । ४ सय ८३ स्वाब परीक्षण गर्दा ६ जिल्लामा संक्रमित भेटिएका हुन् । कास्कीका ४०, लमजुङका ८, स्याङ्जाका ४, गोरखाका २, म्याग्दी र बागलुङका १/१ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या १३ हजार १ सय ३५ पुगेको छ । प्रदेशमा शुक्रबार ३५ जना निको भएका छन । योसहित कोरोनामुक्त हुनेको संख्या ७ हजार ५ सय ९६ पुगेको छ ।



Tags: