घुमन्ते पत्रकार तीलक पुनको ‘साईनो’ नियात्रा कृति विमोचन

-


     मर्दी न्युज    
     मंसिर २७ गते २०७७ मा प्रकाशित


निंयात्राकार तीलक पुनको ‘साईनो’ शिर्षकको पुस्तक विमोचन शुक्रवार एक समारोह विच गण्डकी प्रदेश माननीय अर्थ मन्त्री किरण गुरुङले गर्नु भयो । उक्त पुस्तकमा पुस्तककार डुल्ने क्रममा मेची देखि महाकाली सम्म र पहाड देखि तराई सम्म जनजाती, भाषा भेषभुषा र धर्म तथा कलासंस्कृति सम्बन्धि विषयहरू समेटिएका छन । यात्रा गर्दै जादा आफुले देखेका, सुनेका र भोगका आफना अनुभुतिहरूलाई पुस्तकमा जस्ताको तस्तै राख्नु भएको छ ।
पुस्तक विमोचन उनको ५७ वर्ष पुगेको उपलक्ष्यमा गरेको हो । उनको यो तेस्त्रो विमोचन हो । दश वर्ष अघि ‘लोक संस्कृतिका सुसेलिहरू’ र अढाई महिना अघि ‘वस्ति भित्र’ नामक कृतिहरू प्रकाशित भैसकेको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथि किरण गुरूङ्गले पुस्तकले आफुलाई नया अनुभुति प्राप्त गरेको सुनाउनु भयो । उक्त कृति माथि थप प्रकाश पार्दै प्रमुख अतिथि गुरूङ्गले यस कृतिले पाठकहरूलाई नेपालको भौगोलिक अवस्थाबारे थप जानकारी हुन सक्ने बताउनु भयो ।


शुभकामना मन्तव्य क्रममा पूर्व अध्यक्ष्य उत्तम कंडेल, प्राडा. कुशुमाकार न्यौपाने, नेपाल मगर संघ कास्कीका संगीता पुन मगर, नेपाल अर्वुद रोग निवारणका निर्वतमान अध्यक्ष्य राम चन्द्र थापा, नेपाल पत्रकार महासंघ कास्कीका सचिव राम प्रसाद तिमिल्सेनाले आ आफ्ना मन्तव्य दिनु भएको थियो भने कृति माथि समिक्षा डा. जगनाथ रेग्मिले गर्न भयो भने व्यक्ति परिचय अनुप प्रकाश पौडेलले गर्नु भएको थियो । सो कार्यक्रममा स्वागत मन्तव्य प्रकृति मानौ केन्द्रित जन अभियान नेपाल कास्की शाखाका सचिव मन बहादुरले गर्नु भयो भने कार्यक्रम संचालन सञ्चारकर्मी तथा साहित्यकार लक्ष्मी थापाले गर्नु भएको थियो ।