
सन थापा,
जापान । डिसेम्बर १३
जापानमा आईतबार २ हजार ३ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित संक्रमित संख्या १ लाख ८१ हजार ३ सय ४२ जना संक्रमण पुगेको छ ।
त्यसैगरी हालसम्म योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित २ हजार ६ सय १४ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट होक्काईदोमा सात, ओसाकामा पाँच, ईबाराकीमा दुई, आईची, साईतामा, नारा, चिबा र ईवाते प्रान्तमा एक/एक गरी १९ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
संक्रमितमध्ये २४ हजार ९ सय ८१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ५ सय ८३ जनाको अवस्था गम्भीर रहेको छ ।
यस अवधिमा योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित १ लाख ४९ हजार ९ सय ४५ जना कोरोना संक्रमित निको भएका छन् ।
४७ प्रान्त मध्ये चार प्रान्तमा मात्र संक्रमण शून्य रह्यो भने राजधानी टोकियोमा ४ सय ८०,ओसाकामा ३ सय आठ, खानागावामा २ सय ३१, आईचीमा १ सय ८१, साईतामा १ सय ४४, होक्काईदोमा १ सय ६४, ह्योगोमा १ सय १४, चिबामा १ सय ११ जना थपिए ।
३ हजार बढी संक्रमित संख्या भएका प्रान्तहरू
संक्रमित संख्या ४७ हजार २ सय २५,ओसाकामा २४ हजार ९ सय २९, खानागावामा १५ हजार ५२,आईचीमा १२ हजार ७ सय २०, होक्काईदोमा ११ हजार ३ सय ३५, साईतामामा १० हजार ४ सय ३८, चिबामा ८ हजार १ सय ७४, ह्योगोमा ७ हजार ३ सय ४२, फुकुओकामा ६ हजार ६ सय २२, ओकिनावामा ४ हजार ८ सय पाँच र क्योतोमा ३ हजार २ सय ६७ जना पुगेको छ ।

