
पोखरा, २९ मंसिर । गण्डकी प्रदेशमा सोमवार ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेशभर २ सय १२ नमूना परीक्षण गर्दा ४ जिल्लाका ८६ जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
संक्रमित हुनेमा कास्कीका ६८, नवलपुरका १०, तनहुँका ६ र स्याङ्जाका २ जना रहेका छन् ।
योसहित गण्डकी प्रदेशमा संक्रमित संख्या १३ हजार ४ सय २१ पुगेको छ । तीमध्ये ११ हजार ६ सय ७६ जना निको भएका छन् भने १ सय ८४ जनाको मृत्यु भएको छ ।
सोमवारसम्म प्रदेशमा एक हजार ५६१ जना सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।

