७११७ नमुना परीक्षण गर्दा ९३६ जनामा संक्रमण पुष्टि, १४ को मृत्यु

-


     मर्दी न्युज    
     मंसिर ३० गते २०७७ मा प्रकाशित


पोखरा, ३० मंसिर । पछिल्लो २४ घण्टामा थप ९३६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ११७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ५० हजार १८० पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ९९६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा २ लाख ३८ हजार ५६९ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा १४ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ७३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ९ हजार ८८१ जना सक्रिय संक्रमित छन् ।



Tags: