
पोखरा, ३० मंसिर । गण्डकी प्रदेशमा मंगलवार १०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेशभर ४ सय ३५ नमूना परीक्षण गर्दा ४ जिल्लाका १०१ जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
संक्रमित हुनेमा कास्कीका ७४, लमजुङका १६, तनहुँका ६ र बागलुङका ५ जना रहेका छन् ।
योसहित गण्डकी प्रदेशमा संक्रमित संख्या १३ हजार ५ सय २२ पुगेको छ । तीमध्ये ११ हजार ७ सय २८ जना निको भएका छन् भने १ सय ८४ जनाको मृत्यु भएको छ ।
मंगलवारसम्म प्रदेशमा एक हजार ६१० जना सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।