
गोरखा, १ पुस । गोरखाको भीमसेन थापा गाउँपालिका–३ तान्द्राङमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।
काठमाडौंबाट आरुघाट जाँदै गरेको ग १ ख ९४४६ नम्वरको रात्री बस बुधबार विहान साढे चार बजे अनियन्त्रित भइ सडकबाट करिव २० मिटर तल खसेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।
दुर्घटनापछि घाइतेहरुलाई स्थानीय र प्रहरीले उद्दार गरेका थिए । दुर्घटनाका घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले बताए । उनीहरुलाई थप उपचारका लागि काठमाडौं पठाइएको ढकालले बताए ।
घाइतेहरुको गोरखा अस्पताल र आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

