
पोखरा, १ पुस । पछिल्लो २४ घण्टामा ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पाँच हजार ५५५ जनाको नमूना परीक्षण गर्दा ७ सय ३६ जनामा कोरोना संक्रमण देखिएको बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको छ । बुधवारसम्म आइसोलेसनमा ९ हजार ७ सय ५७ जना उपचाररत रहेको छ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८ सय ४७ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या हालसम्म २ लाख ३८ हजार ५ सय ६९ जना पुगेको छ ।
कोरोना संक्रमणबाट गत २४ घण्टामा १३ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या १ हजार ७ सय ४३ पुगेको छ ।

