भरतपुरमा विद्युतीय कारमा आगलागी, एक जनाको मृत्यु

-


     मर्दी न्युज    
     भाद्र २६ गते २०८३ मा प्रकाशित


चितवन । भरतपुर महानगरपालिका-९ पूर्व-पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । शरीर जलेका कारण मृतकको सनाखत हुन सकेको छैन । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आज बिहान बा.प्र.०१–०३० च ५५७९ नम्बरको इभीमा आगो लागेको हो । 

दमकलको सहायताले आगो निभाइएको थियो । कार पूर्ण रूपमा जलेको छ ।