पछिल्लो चौबीस घण्टामा ७८२ जनामा कोरोना संक्रमण पुष्टि, १६ को मृत्यु

-


     मर्दी न्युज    
     पुस ३ गते २०७७ मा प्रकाशित


पोखरा, ३ पुस । पछिल्लो २४ घण्टामा नेपालमा ७८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ७०६ जनाको परीक्षणमा ४७७ जना पुरुष र ३०५ जना महिला गरी ७८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १७ सय ६५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १०२९ रहेको छ ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४१ हजार ३९२ रहेको मन्त्रालयले जनाएको छ । शुक्रवारसम्म नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ९ हजार ३१७ रहेको छ ।



Tags: