गण्डकी प्रदेशमा ४२३ नमूना परीक्षण गर्दा ७१ जनामा संक्रमण पुष्टि

-


     मर्दी न्युज    
     पुस ३ गते २०७७ मा प्रकाशित


पोखरा, ३ पुस । गण्डकी प्रदेशमा मंगलवार ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेशभर ४ सय २३ नमूना परीक्षण गर्दा ५ जिल्लाका ७१ जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमित हुनेमा कास्कीका ५५, तनहुँका ६, पर्वतका ५, स्याङ्जाका ३ र म्याग्दीका २ जना रहेका छन् ।

योसहित गण्डकी प्रदेशमा संक्रमित संख्या १३ हजार ७ सय ३६ पुगेको छ । तीमध्ये ११ हजार ९ सय ५७ जना निको भएका छन् भने १ सय ८७ जनाको मृत्यु भएको छ ।

शुक्रवारसम्म प्रदेशमा एक हजार १५९२ जना सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।



Tags: