पछिल्लो २४ घण्टामा थप ७२२ जनामा कोरोना संक्रमण

-


     मर्दी न्युज    
     पुस ६ गते २०७७ मा प्रकाशित


पोखरा, ७ पुस । पछिल्लो २४ घण्टामा थप ७२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार जनाको परीक्षण हुँदा ७२२ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५५ हजार २३६ पुगेको छ ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलवार ९६६ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ४५ हजार ७ सय ९ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ९८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हाल देशभर ७ हजार ७ सय २९ जना सक्रिय संक्रमित छन् ।



Tags: