थप ५०० जनामा कोरोना संक्रमण पुष्टि

-


     मर्दी न्युज    
     पुस ११ गते २०७७ मा प्रकाशित


पोखरा, ११ पुस । नेपालमा पछिल्लो २४ घण्टामा थप ५०० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिवार देशभरका प्रयोगशालामा गरिएको ५ हजार ४३४ नमुना परीक्षणमा २१३ महिला र २८७ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५७ हजार ७०० पुगेको छ । तीमध्ये १ हजार ८१९ जनाको मृत्यु भएको छ भने २ लाख ४९ हजार १३२ जना संक्रमणमुक्त भएका छन् । शनिवार नेपालमा थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित मृतकको संख्या १ हजार ८१९ पुगेको हो ।

त्यस्तै शनिवारसम्म देशभर ६ हजार ७४९ जना सक्रिय संक्रमित छन् ।



Tags: