पछिल्लो २४ घण्टामा थप ७०८ जनामा कोरोना संक्रमण

-


     मर्दी न्युज    
     पुस १४ गते २०७७ मा प्रकाशित


पोखरा, १४ पुस । पछिल्लो २४ घण्टामा थप ७०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १३५ जनाको परीक्षण हुँदा २७० महिला र ४३८ जना पुरुष गरी ७०८ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ पुगेको छ ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलवार ७३१ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५१ हजार ३ सय १२ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ४० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हाल देशभर ६ हजार ३ सय ९६ जना सक्रिय संक्रमित छन् ।



Tags: