
पोखरा, १६ पुस । पछिल्लो २४ घण्टामा थप ५३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार जनाको परीक्षण हुँदा १९६ महिला र ३३८ जना पुरुष गरी ५३४ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ६० हजार ५९३ पुगेको छ ।
यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीवार ४४७ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५२ हजार ३ सय ५९ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ५६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हाल देशभर ६ हजार ३ सय ७८ जना सक्रिय संक्रमित छन् ।

