
पोखरा । बिहीवार कास्कीका ३२ जनासहित गण्डकी प्रदेशमा थप ५९ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज प्रदेशमा ३०२ जनामा गरिएको नमूना परीक्षणमा थप ५९ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
आज संक्रमित हुनेमा प्रदेशका ७ जिल्लाका रहेका छन् । संक्रमितहरुमा कास्कीका ३२, नवलपुरका १४, तनहुँका ७, लमजुङ र स्याङ्गजाका २÷२ जना, बाग्लुङ र म्याग्दी जिल्लाका १÷१ जना रहेका छन् ।
यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल संख्या १४ हजार ५ सय ८८ पुगेको छ । तीमध्ये १९२ जनाको मृत्यु भएको छ । बिहीवार पोखरा –२ निवासी ५८ वर्षीया महिलाको मृत्यु भएसँगै प्रदेशमा मृतकको संख्या १९२ पुगेको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८२ जना कोरोनाबाट मुक्त भएका छन् । यो संगै प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १३ हजार ३ सय ८३ पुगेको छ । बिहीवारसम्म प्रदेशमा सक्रिय संक्रमितको संख्या एक हजार १३ रहेका छन् । त्यसमध्ये ८६८ जना होम आइसोलेसनमा रहेका छन् ।