
पोखरा । पछिल्लो २४ घण्टाको अवधीमा ४१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ४३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै कोरोनाका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा ६ कोरोना संक्रमितको मृत्यु भएको हो । यससँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८७० पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ७५० कोरोना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म २ लाख ५३ हजार ८५७ कोरोना संक्रमित निको भइसकेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
शनिवारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ७११ रहेको मन्त्रालयले जनाएको छ ।

