
पोखरा, १९ पुस । पछिल्लो २४ घण्टामा थप ४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८०० जनाको परीक्षण हुँदा १७५ महिला र २४६ जना पुरुष गरी ४२१ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ६१ हजार ८५९ पुगेको छ ।
यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ६३७ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। यससँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५४ हजार ४९४ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ७८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हाल देशभर ५ हजार ४८७ जना सक्रिय संक्रमित छन् ।

