४४०१ जनाको परीक्षण गर्दा थप ४०३ जनामा कोरोना संक्रमण

-


     मर्दी न्युज    
     पुस २० गते २०७७ मा प्रकाशित


पोखरा, २० पुस । पछिल्लो २४ घण्टामा थप ४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४०१ जनाको परीक्षण हुँदा १५९ महिला र २४४ जना पुरुष गरी ४०३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ६२ हजार २६२ पुगेको छ ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमवार ५९४ जना कोरोना संक्रमणमुक्त भएका छन्। यससँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५५ हजार ८८ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ८५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हाल देशभर ५ हजार २८९ जना सक्रिय संक्रमित छन् ।



Tags: