घाइते चितुवाको उद्धार

-


     मर्दी न्युज    
     पुस २१ गते २०७७ मा प्रकाशित


तस्बिर: कृष्ण न्यौपाने/रासस

दमौली । घाइते अवस्थामा फेला परेको चितुवाको बच्चाको उद्धार गरिएको छ ।

तनहुँको बन्दीपुर गाउँपालिका–१ बेलभञ्ज्याङमा सोमबार फेला परेको चितुवाको बच्चाको सबडिभिजन कार्यालय विमलनगरले उद्धार गरेको हो ।

चितुवाको बच्चालाई चोट लागेकाले उपचारका लागि डिभिजन वन कार्यालय तनहुँ पठाइएको सहायक सबडिभिजन कार्यालयका प्रमुख सहायक वन अधिकृत सुरेशकुमार भुजेलले जानकारी दिए ।