
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघर स्थित उकालोमा ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ।
मगलबार भक्तपुरबाट काठमाडौंतर्फ आउँदै गरेको लु२ख ६७८ नं. को एलपी ट्रकले सोही दिशातर्फ आउँदै गरेको बा८२प ९७३७ नं को स्कुटीलाई ठक्कर दिई ट्रकको पछाडी पट्टिको चक्काले कुल्चँदा सुर्यविनायक नगरपालिका–४ दधिकोट बस्ने वर्ष ५८ का नरहरी न्यौपानेको मृत्यु भएको हो।
गम्भीर घाइते अवस्थाका न्यौपानेलाई गस्तीमा रहेको महानगरीय बृत ठिमीको प्रहरी टोलीले उपचारको लागी नागरिक अस्पताल, भक्तपुरमा पठाएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो।
प्रहरीले दुवै सवारी साधन र एलपी ट्रक चालक रुपन्देहीको सियारी गाउँपालिका–२ बस्ने वर्ष ४० को ओमप्रकाश चमारलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।

