पछिल्लो २४ घण्टामा थप ४०९ जनामा कोरोना पुष्टि, ४९५ जना संक्रमणमुक्त

-


     मर्दी न्युज    
     पुस २२ गते २०७७ मा प्रकाशित


पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा थप ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घन्टामा ६ हजार ७०६ नमुना परीक्षण भएकोमा ४०९ जनामा कोरोना पुष्टि भएको हो । योससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६३ हजार १९३ पुगेको छ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधवार ४९५ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५६ हजार १६१ पुगेको छ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ९९ पुगेको छ।

हाल देशभर ५ हजार १ सय ३३ जना सक्रिय संक्रमित रहेका छन्।



Tags: