
पोखरा । कास्कीमा थप २७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज बुधवार प्रदेशमा ३६३ जनामा गरिएको नमूना परीक्षणमा थप ३६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
आज संक्रमित हुनेमा प्रदेशका ७ जिल्लाका रहेका छन् । आज सबैभन्दा धेरै संक्रमित कास्कीका रहेका छन् । कास्कीमा २७ जना छन् भने बागलुङ, पर्वत र लमजुङका २÷२ जना रहेका छन् । त्यस्तै स्याङ्जा, तनहुँ र म्याग्दी जिल्लाका १÷१ जना छन् ।
यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल संख्या १४ हजार ८ सय ४७ पुगेको छ । तीमध्ये १९४ जनाको मृत्यु भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ५३ जना कोरोनाबाट मुक्त भएका छन् । यो संगै प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १३ हजार ८ सय ५६ पुगेको छ । बुधवारसम्म प्रदेशमा सक्रिय संक्रमितको संख्या ७९७ रहेका छन् । त्यसमध्ये ७०६ जना होम आइसोलेसनमा रहेका छन् ।

