
पोखरा, २५ पुस । पछिल्लो २४ घण्टामा थप ३६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार २८६ जनाको परीक्षण हुँदा १५९ महिला र २०३ जना पुरुष गरी ३६२ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ६४ हजार ५२१ पुगेको छ ।
यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिवार ६९९ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५७ हजार ९२८ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय १२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ६८१ छ ।

