थप २५९ जनामा कोरोना पुष्टि, ५१३ जना संक्रमणमुक्त

-


     मर्दी न्युज    
     पुस २६ गते २०७७ मा प्रकाशित


पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको सख्या २ लाख ६४ं हजार ७ सय ८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी आज आइतबार ५१३ जना कोराना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म २ लाख ५८ हजार ४४१ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप ५ जनाको मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ४ सय २२ जना रहेका छन् ।



Tags: