२४ घण्टामा ४८८ जनामा कोरोना संक्रमण पुष्टि, ५२७ जना कोरोनामुक्त

-


     मर्दी न्युज    
     पुस २७ गते २०७७ मा प्रकाशित


पोखरा । पछिल्लो २४ घण्टामा थप ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख ६५ हजार २६८ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ५२७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ५८ हजार ९६८ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या भने ४ हजार ३७३ छ ।

त्यस्तै कोरोना संक्रमणबाट २४ घण्टामा १० को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९२७ जना पुगेको छ ।



Tags: