
सन थापा,
जापान । जनवरी ११
जापानका प्रधानमन्त्री योशिहिदे सुगाले थप तीन प्रान्तमा आपतकाल घोषणा बारे सोमबार छलफल गरेका छन् ।
प्रधानमन्त्री सुगाले ओसाका, ह्योगो र क्योतोमा आपतकाल घोषणा गर्ने बारे मुख्य क्याबिनेट सचिव काचुनोबु काटो र कोरोना भाईरस प्रभारी मन्त्री याशुतोशी निशिमुरासँग छलफल गरी विशेषज्ञहरूको सुझाव अनुसार घोषणा गर्न सहमत भएको बताए । शनिबार उक्त प्रान्तका गभर्नरहरूले आपतकाल घोषणा गर्न सरकारलाई आग्रह गरेका थिए ।
गत शुक्रबारदेखि फेब्रुवरी ७ सम्म राजधानी टोकियो, खानागावा, साईतामा र चिबा प्रान्तमा दोस्रोपटक आपतकालीन अवस्था लागु भएको छ ।
सोमबार ४ हजार ८ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना कोरोना संक्रमितको संख्या २ लाख ९४ हजार ३ सय ४९ जना पुगेको छ ।
त्यसैगरी डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित जापानभर मृत्यु हुने संख्या ४ हजार १ सय २८ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
सबैभन्दा बढी ओसाकामा सात, गुन्मा र होक्काईदोमा पाँच/पाँच, आइची र टोकियोमा चार/चार, ह्योगो,क्योतो, नारा, तोचिगी, फुकुसीमा, सिजुओका, कुमामोतोमा दुई/दुई, चिबा, साईतामा, ओईता, ओकायामा, फुकुओका, खानागावा, प्रान्तमा एक/एक जनाको मृत्यु भएको छ ।
यस अवधिमा डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित २ लाख २३ हजार ६ सय २२ जना कोरोना संक्रमित निको भएका छन् ।
संक्रमितमध्ये ५८ हजार ६ सय २२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ८ सय ६४ जनाको अवस्था गम्भीर रहेको छ ।
राजधानी टोकियोमा १ हजार २ सय १९ जना संक्रमित थपिए । यहाँ संक्रमित संख्या ७६ हजार १ सय ६३ जना पुगेको छ भने ६ सय ८९ जनाको मृत्यु भएको छ ।
तोत्तोरी र सीमाने प्रान्तमा संक्रमण शून्य रह्यो भने ४५ ओटै प्रान्तमा संक्रमण पुष्टि भयो । १ सय भन्दा बढी संक्रमित हुने प्रान्तहरू खानागावामा ६ सय ९५, ओसाकामा ४ सय ८०, साईतामामा ३ सय ४७, चिबामा ३ सय ४०, आईचीमा १ सय ९८, फुकुओकामा २ सय १२, ह्योगोमा १ सय ५४, क्योतोमा १ सय ४२, होक्काईदोमा १ सय ३५, तोचिगीमा १ सय छ जना थपिए ।
बढी संक्रमित प्रान्तहरू
ओसाकामा ३४ हजार ९ सय ३२, खानागावामा २८ हजार ३५, आईचीमा १९ हजार ६ सय ३६,साईतामामा १८ हजार १ सय ७१, होक्काईदोमा १४ हजार ८ सय ५२,चिबामा १४ हजार ५ सय ४३,ह्योगोमा १२ हजार २ सय ४२,फुकुओकामा ११ हजार ५ सय ५८, क्योतोमा ६ हजार ७९,ओकिनावामा ५ हजार ९ सय ४४ र हिरोसीमामा ४ हजार १ सय ३० जना पुगेको छ ।

