२४ घण्टामा ४३० जनामा कोरोना संक्रमण पुष्टि, ३९० जना कोरोनामुक्त

-


     मर्दी न्युज    
     पुस २८ गते २०७७ मा प्रकाशित


पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३०० जनाको परीक्षण हुँदा १७७ महिला र २५३ जना पुरुष गरी ४३० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कुल संक्रमितको सख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी आज मंगलवार ३९० जना कोराना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म २ लाख ५९ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप ५ जनाको मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ४ सय ८ जना रहेका छन् ।



Tags: