थप २६६ जनामा कोरोना पुष्टि, ४०० जना संक्रमणमुक्त

-


     मर्दी न्युज    
     माघ ४ गते २०७७ मा प्रकाशित


पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा थप २६६ जना कोरोना संक्रमितको पुष्टि भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ३२२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आइतबार ४०० जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६१ हजार ४४४ पुगेको छ भने देशभर ३ हजार ९१९ सक्रिय संक्रमित रहेका छन्।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ५९ पुगेको छ।



Tags: