
सन थापा,
जापान, ४ माघ । जापानमा आईतबार ५ हजार ७ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना कोरोना संक्रमितको संख्या ३ लाख ३१ हजार २ सय ५६ जना पुगेको छ ।
डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित जापानभर मृत्यु हुने संख्या ४ हजार ५ सय ३८ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
आइचीमा छ, टोकियोमा पाँच, होक्काईदो, चिबा, साईतामामा र ओसाकामा चार/चार, खानागावामा तीन, ईबाराकी, कुमामोतो र क्योतोमा दुई/दुई, ह्योगो, वाकायामा, ओईता, फुकुसीमा, सागा, कोची, सिगा, सिजुओका, इशिखावा, गिफु, तोयामा, मियागी र नागासाकी प्रान्तमा एक/एक गरी ४९ जनाको मृत्यु भएको छ ।
यस अवधिमा डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित २ लाख ४९ हजार १ सय ४७ जना संक्रमित निको भएका छन् ।
संक्रमितमध्ये ६८ हजार ३ सय ७१ जनाको उपचार भइरहेको छ भने ९ सय ७२ जनाको अवस्था गम्भीर रहेको छ ।
राजधानी टोकियोमा १ हजार ५ सय ९२ जना संक्रमित थपिए । यहाँ संक्रमित संख्या ८५ हजार ४ सय ७० जना पुगेको छ भने ६ सय २२ जनाको मृत्यु भएको छ ।
आज तोत्तोरी बाहेक ४६ ओटै प्रान्तमा संक्रमण पुष्टि भयो । धेरै संक्रमित हुने प्रान्तहरू खानागावामा ७ सय ९५, ओसाकामा ४ सय ६४, चिबामा ४ सय २८, साईतामामा ४ सय ३३, आईचीमा २ सय १८, फुकुओकामा ३ सय , ह्योगोमा २ सय ८९, क्योतोमा १ सय ५४, होक्काईदोमा १ सय २४, ओकिनावामा १ सय ३०, ईबाराकीमा १ सय छ जना थपिए ।
बढी संक्रमित प्रान्तहरू
ओसाकामा ३८ हजार ९५, खानागावामा ३३ हजार १ सय ८६, आईचीमा २१ हजार २ सय ९२, साईतामामा २० हजार ७ सय ८२, चिबामा १७ हजार ३ सय तीन, होक्काईदोमा १५ हजार ७ सय १८,ह्योगोमा १३ हजार ८ सय नौ,फुकुओकामा १३ हजार ४ सय २०, क्योतोमा ६ हजार ८ सय ७७,ओकिनावामा ६ हजार ४ सय र हिरोसीमामा ४ हजार ३ सय ९७ जना पुगेको छ ।

