पछिल्लो २४ घण्टामा थप ३३६ जना संक्रमित, चारको मृत्यु

-


     मर्दी न्युज    
     माघ ८ गते २०७७ मा प्रकाशित


पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ६ सय ४६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार २२६ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६२ हजार ८ सय ६८ पुगेको छ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ७९ पुगेको छ।

हाल देशभर ३ हजार ७ सय ९९ सक्रिय संक्रमित रहेका छन्।



Tags: