
पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा २३२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५४१ जनाको नमूना परीक्षण गर्दा २३२ जनामा कोरोना पुष्टि भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार १८० पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३८६ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । योसहित कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ६३ हजार ७३४ पुगेको छ।
नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ४५२ छ । पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ९९४ पुगेको छ ।
मन्त्रालयका अनुसार ३ हजार ४५२ जना आइसोलेसनमा छन् भने १४७ क्वारिन्टिनमा बसेका छन ।

