
सन थापा,
जापान, १४ माघ । जापानमा सक्रिय कोरोना संक्रमितको संख्या ६८ हजार १ सय ८९ जना पुगेको छ ।
आज ३ हजार ९ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित कोरोना संक्रमितको संख्या ३ लाख ७७ हजार १२ जना पुगेको छ ।
यस अवधिमा डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित ३ लाख ८ हजार ८ सय २३ जना संक्रमित निको भएका छन् । संक्रमणका कारण मृत्यु हुने संख्या डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित ५ हजार ४ सय एक जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
संक्रमितमध्ये ५८ हजार सात जनाको उपचार भइरहेको छ भने १ हजार ४३ जनाको अवस्था गम्भीर रहेको छ ।
आपतकाल लागु भएका ११ प्रान्तको अवस्था
राजधानी टोकियोमा ९ सय ७३ जना थपिएसँगै संक्रमित संख्या ९६ हजार ५ सय सात जना पुगेको छ भने ८ सय २७ जनाको मृत्यु भएको छ ।
ओसाकामा ३ सय ५७ जना संक्रमित थपिए । ४२ हजार ४ सय २७ जना संक्रमित संख्या पुगेको छ भने ८ सय ८० जनाको मृत्यु भएको छ । त्यसैगरी खानागावामा ३ सय ८६ जना संक्रमित थपिए । संक्रमित संख्या ३९ हजार १ सय ५८ जना पुगेको छ भने ४ सय ३२ जनाको मृत्यु भएको छ ।
साईतामामा संक्रमित संख्या २४ हजार ९२ जना पुगेको छ । यहाँ २ सय ४७ जना संक्रमित थपिए भने ३ सय २२ जनाको मृत्यु भएको छ ।
आईचीमा संक्रमित २३ हजार ३ सय ९२ जना र मृत्यु हुने संख्या ३ सय ७९ जना पुगेको छ । यहाँ २ सय २७ जना संक्रमित थपिए।
त्यस्तै चिबामा २ सय ५८ जना संक्रमित थपिएर २१ हजार १ सय १९ जना पुगेको छ भने २ सय ३४ जनाको मृत्यु भएको छ । होक्काईदोमा १७ हजार १० जना संक्रमित पुगेको छ भने मृतकको संख्या ५ सय ७९ जना पुगेको छ । ह्योगोमा संक्रमित १५ हजार ८ सय ३० जना र मृत्यु हुने ३ सय ६९ जना पुगेको छ । फुकुओकामा संक्रमित १५ हजार ५ सय ५२ जना र १ सय ७५ जनाको मृत्यु भएको छ । क्योतोमा ८ हजार ९१ जना संक्रमित र १ सय चार जनाको मृत्यु भएको छ । तोचिगी प्रान्तमा ३ हजार ६ सय ५३ जना संक्रमित र ४० जनाको मृत्यु भएको छ । होक्काइदो, ह्योगो, फुकुओका, क्योतो र तोचिगीमा क्रमशः १ सय छ, २ सय ११, १ सय ८५, १ सय २८ र ३८ जना संक्रमित थपिए ।
त्यस्तै ओकिनावामा ७ हजार २ सय ७०, हिरोसीमामा ४ हजार ७ सय एक, इबाराकीमा ४ हजार ५ सय ४३, सिजुओकामा ४ हजार ३ सय ९९ जना पुगेको छ । सोमबार ५४ हजार ४ सय चार जनाको पीसीआर परीक्षण गरिएको थियो ।

