जापानमा थप ३५३४ जना संक्रमित, ९६ जनाको मृत्यु

-


     मर्दी न्युज    
     माघ १६ गते २०७७ मा प्रकाशित


सन थापा,
जापान, १६ माघ । जापानमा शुक्रबार ३ हजार ५ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित कोरोना संक्रमितको संख्या ३ लाख ८४ हजार ६ सय ७० जना पुगेको छ । संक्रमणका कारण मृत्यु हुनेको संख्या डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित ५ हजार ६ सय १० जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

यस अवधिमा डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित ३ लाख २० हजार ९ सय सातजना संक्रमित निको भएका छन् ।

संक्रमितमध्ये ५३ हजार ५ सय ३२ जनाको उपचार भइरहेको छ भने १ हजार १४ जनाको अवस्था गम्भीर रहेको छ ।

आपतकाल लागु भएका ११ प्रान्तको अवस्था

राजधानी टोकियोमा ८ सय ६८ जना संक्रमित थपिए । जम्मा संख्या ९८ हजार ४ सय ३९ जना पुगेको छ भने ८ सय ६४ जनाको मृत्यु भएको छ ।

ओसाकामा ३ सय ४६ जना संक्रमित थपिए । ४३ हजार १ सय ७० जना संक्रमित संख्या पुगेको छ भने ९ सय पाँचजनाको मृत्यु भएको छ । त्यसैगरी खानागावामा ३ सय ८५ जना संक्रमित थपिए । संक्रमित संख्या ३९ हजार ९ सय ७४ जना पुगेको छ भने ४ सय ६१ जनाको मृत्यु भएको छ ।

साईतामामा संक्रमित संख्या २४ हजार ६ सय ४० जना पुगेको छ । यहाँ २ सय ५६ जना संक्रमित थपिए भने ३ सय ३२ जनाको मृत्यु भएको छ ।

आईचीमा संक्रमित २३ हजार ८ सय जना र मृत्यु हुने संख्या ३ सय ८० जना पुगेको छ । यहाँ १ सय ६४ जना संक्रमित थपिए।

त्यस्तै चिबामा ३ सय ३९ जना संक्रमित थपिएर २१ हजार ७ सय ७२ जना पुगेको छ भने २ सय ४८ जनाको मृत्यु भएको छ । होक्काईदोमा संक्रमित १७ हजार २ सय ३६ जना र मृतकको संख्या ५ सय ८५ जना पुगेको छ । ह्योगोमा संक्रमित १६ हजार २ सय २० जना र मृत्यु हुने संख्या ३ सय ८९ जना पुगेको छ । फुकुओकामा संक्रमित १५ हजार ८ सय ९५ जना र १ सय ८३ जनाको मृत्यु भएको छ । क्योतोमा ८ हजार २ सय ८९ जना संक्रमित र १ सय १४ जनाको मृत्यु भएको छ । तोचिगी प्रान्तमा ३ हजार ७ सय ३१ जना संक्रमित र ४१ जनाको मृत्यु भएको छ । होक्काइदो, ह्योगो, फुकुओका,क्योतो र तोचिगीमा क्रमशः १ सय ११, १ सय ६१, १ सय ५९, ८९ र ४४ जना संक्रमित थपिए ।

त्यस्तै ओकिनावामा ७ हजार ४ सय ३१, हिरोसीमामा ४ हजार ७ सय ६४, इबाराकीमा ४ हजार ६ सय ८६, सिजुओकामा ४ हजार ५ सय २६ जना संक्रमित भएका छन् ।
बुधबार ६१ हजार १५ जनाको पीसीआर परीक्षण गरिएको थियो ।