चोरीका सामान भेटिए

-


     मर्दी न्युज    
     माघ २१ गते २०७७ मा प्रकाशित


सांकेतिक तस्विर

पोखरा । वन विज्ञान अध्ययन संस्थाको प्रयोगशालाबाट चोरी भएका जङ्गली जनावरका विभिन्न अङ्ग प्रहरीले बरामद गरेको छ ।

क्याम्पसको प्रयोगशालाबाट यही माघ ९ गते राति चोरी भएका चितुवाको छाला, दाँत, हाड, एक जोडी चिलतको सिङ र अन्य हाड अखेटोपहार प्रहरीले बरामद गरेको हो ।

अनुसन्धानका लागि खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका–१५ वनपाले जङ्गलको पँधेरोस्थित बोरा र झोलामा बेवारिसे अवस्थामा उक्त जङ्गली जनावरको अखेटोपहार बरामद गरेको हो । चोरीमा संलग्न व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।