जापानमा २२७९ जनामा संक्रमण पुष्टि, ९४ जनाको मृत्यु

-


     मर्दी न्युज    
     माघ २४ गते २०७७ मा प्रकाशित


सन थापा,
जापान, २४ माघ । जापानमा शनिरबार २ हजार २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ९६ जनाको मृत्यु भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित कोरोना संक्रमितको संख्या ४ लाख ४ हजार ६ सय ५० जना पुगेको छ । डायमण्ड प्रिन्सेस क्रूजका १३ जना सहित ६ हजार ३ सय ८९ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
त्यस्तै निको हुनेको संख्या डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित ३ लाख ५९ हजार ५ सय ३१ जना पुगेको छ ।

संक्रमितमध्ये ३६ हजार २ सय ८८ जनाको उपचार भइरहेको छ भने ८ सय १५ जनाको अवस्था गम्भीर रहेको छ ।

धेरै संक्रमित भएका प्रान्तहरू

टोकियोमा कोरोना संक्रमितको संख्या १ लाख ३ हजार ४ सय १६ जना पुगेको छ भने १ हजार आठ जनाको मृत्यु भएको छ ।

ओसाकामा ४४ हजार ९ सय ५९ जना संक्रमित संख्या पुगेको छ भने ९ सय ९१ जनाको मृत्यु भएको छ । त्यसैगरी खानागावामा संक्रमित संख्या ४२ हजार १ सय १६ जना पुगेको छ भने ५ सय ४४ जनाको मृत्यु भएको छ ।

साईतामामा संख्या २६ हजार ५ सय २२ जना संक्रमित र २ सय ९७ जनाको मृत्यु भएको छ ।
आईचीमा संक्रमित २४ हजार ६ सय ४९ जना र मृत्यु हुने संख्या १ सय ५१ जना पुगेको छ । चिबामा २३ हजार ६ सय जना पुगेको छ भने २ सय ९४ जनाको मृत्यु भएको छ ।


होक्काईदोमा संक्रमित १८ हजार ११ जना र मृत्यु हुने संख्या ६ सय १३ जना पुगेको छ । ह्योगोमा संक्रमित १७ हजार ८० जना र मृत्यु हुने संख्या ४ सय ३९ जना पुगेको छ । फुकुओकामा संक्रमित १६ हजार ७ सय ४२ जना र २ सय ११ जनाको मृत्यु भएको छ । क्योतोमा ८ हजार ६ सय ८३ जना संक्रमित र १ सय २९ जनाको मृत्यु भएको छ । तोचिगी प्रान्तमा ३ हजार ८ सय ७१ जना संक्रमित र ५२ जनाको मृत्यु भएको छ ।


टोकियोमा ६ सय ३९, ओसाकामा १ सय ८८,खानागावामा २ सय एक, साईतामामा २ सय छ, आईचीमा १ सय २०, चिबामा २ सय २७ जना संक्रमित थपिए । त्यस्तै होक्काइदो, ह्योगो, फुकुओका,क्योतो र तोचिगीमा क्रमशः ७८, ९१, ९९, ३७ र १७ जना संक्रमित थपिए ।

त्यस्तै ओकिनावामा ७ हजार ८ सय २२, इबाराकीमा ५ हजार ९२, हिरोसीमामा ४ हजार ८ सय ८०, सिजुओकामा ४ हजार ७ सय ३७ जना र गिफुमा ४ हजार ३ सय १० जना संक्रमित पुगेको छ । बिहीबार ४३ हजार १२ जनाको पीसीआर परीक्षण गरिएको थियो ।