
पोखरा । कोरोना भाइरस (कोभिड–१९) का कारण यो महिना तेस्रोपटक कसैको पनि निधन भएको छैन । आजकोसहित माघ महिनामा भएको मृत्यु दर शून्य तेस्रोपटक हो ।
पछिल्लो २४ घण्टामा थप १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत चौबीस घन्टामा ३ हजार ५६७ नमूना परीक्षण भएकोमा १३४ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो। योससँगै बुधवारसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ३ सय ४९ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ११८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६८ हजार ५ सय ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

